राधी विद्युतको ३६.५०% बोनसपछि १४७.५२% हकप्रद जारी गर्ने



राधी विद्युत कम्पनीले ३६.५०% बोनस सेयरपछि हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले ३६.५०% बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा १४७.५२% हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको उक्त निर्णय अनुमोदनका लागि आगामी वार्षिक साधारण सभामा लगिने भएको छ । सभाले प्रस्ताव पारित गरेपछि मात्र निष्कासन प्रक्रिया अघि बढ्नेछ । 
 
यसअघि कम्पनीले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कर बाहेक ३६.५०% बोनस सेयर वितरण गर्ने घोषणा गरिसकेको छ । प्रस्तावित बोनस सेयर वितरण भएमा चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ पुग्नेछ । राधीले सोही पुँजीमा १४७.५२% (१ः१४७५२ अनुपातमा) हकप्रद बिक्री गर्ने निर्णय गरेको हो । साथै, वार्षिक साधारण सभा यथाशीघ्र गर्ने पनि कम्पनीले जनाएको छ । 
 

राधी विद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ९.१८% ले बढी हो । गत वर्ष यसले ५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६३ पैसा (वार्षिक) रहेको राधीको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ८५ पैसा छ 


Suorce: Nepali Paisa

Post a Comment

أحدث أقدم