१९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको IPO आउदै

 

जीवन विकास लघुवित्त वित्तीय संस्थालाई सर्वसाधारणमा प्राथमिक शेयर  IPO निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। लघुवित्तलाई आईपीओ निष्काशन गर्न जेठ ३० गते अनुमति दिएको हो।

लघुवित्तले १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको हो। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ।

लघुवित्तले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले  इक्राएनपी आइआर बीबीबी ( त्रिपल बी ) रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै दायित्व पुरा गर्न सकिने औषत जोखिम रहेको जनाउँछ।

जीवन विकास लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।

Post a Comment

أحدث أقدم