सानिमा लाइफको आइप्पीओ भोलि शनिबार बिहान ११ बजे बाँडफाँड हुने भएको छ


सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइप्पीओ भोलि शनिबार बिहान ११ बजे बाँडफाँड हुने भएको छ।

 

बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कम्पनीको आइपीओ भोलि ११ बजे सानिमा लाइफ इन्सुरेन्सको कार्यालय दरबारमार्गमा बाँडफाँड गरिने भएको हो।

 

सानिमाको आइपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकले करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् यो सर्वसाधारको लागि बिक्री खुला गरिएको आइपीओको .८४ गुणा बढी हो। यसमा केहि आवेदन रद्द हुन सक्नेछन्।

 

कम्पनीले बिक्रीमा ल्यएको आइपीओमा आवेदन गर्ने कुल आवेदकमध्ये लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले सेयर पाउनेछन्

 

सानिमा लाइफले साउन २० गतेदेखि २४ गतेसम्म कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो जसमा कम्पनीले कर्मचारीलाई लाख कित्ता शेयर म्युचुअल फन्डलाई लाख कित्ता शेयर छुट्याएको भने बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिने छ।

Post a Comment

أحدث أقدم