आइपीओ निस्कासन गर्न लागेको इमर्जिङ नेपालले कस्तो पायो रेटिङ ?

इमर्जिङ नेपाल लिमिटेडलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ । इक्राले आइपीओ निष्कासनको तयारीमा रहेको इमर्जिङलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने रेटिङ दिएको हो । यसले प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

आइपीओ जारी गर्न एनआइसी एसिया क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा पनि नियुक्त गरिसकेको छ । इमर्जिङले आइपीओ निष्कासन गर्न यसअघि धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । तर लामो समयसम्म आवश्यक कागजपत्रहरु उपलब्ध नगराएपछि बोर्डले आवेदन रद्द गरेको थियो ।

अब इमर्जिङले आवश्यक कागज पुर्याएर पुनः आइपीओ जारी गर्ने अनुमति माग्नुपर्ने हुन्छ । बोर्डबाट अनुमति पाएपछि मात्र आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ । नेपाल सरकारको समेत लगानी रहेको यस इमर्जिङ नेपाल सार्वजनिक–निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । 

Post a Comment

Previous Post Next Post