जीवन विकास लघुवित्त वित्तीयको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस रिजल्ट

 


जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो । यस आइपीओमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ८०१ जनाले सेयर हात पारेका छन् ।

जीवन विकासले असार ११ गतेदेखि १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेकामा ०.५% अर्थात ३० हजार ४२० कित्ता कर्मचारी र ५% अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डका लागि छुट्याएको थियो ।

बिक्री प्रबन्धकका अनुसार कुल २० लाख ८७ हजार ३१७ जना लगानीकर्ताले आवेदन दिएकामा २० लाख १८ हजार ३०८ जनाको आवेदन मात्र योग्य ठहरिएको छ । सर्वसाधारणबाट माग भन्दा १६ गुणा बढी आवेदन परेको हो ।

यसरि हेर्नुहोस रिजल्ट

https://result.nmbcl.com.np/

https://iporesult.cdsc.com.np/

http://jeevanbikasmf.com/

 

Subscribed Your Tube Channel


Post a Comment

Previous Post Next Post