अपर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर ल्याउने

अपर तामाकोशी हाइड्रोपावरको शुक्रबार भदौ ३ गते बसेको वार्षिक साधारण सभाले १००% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरको छ । एजीएमबाट अनुमोदन भएकाले अब केही समयपछि कम्पनीले हकप्रद निष्कासन प्रक्रिया अघि बढाउन सक्नेछ । साथै, सभाले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पनि पारित भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रहेको छ । हकप्रद निष्काशनपछि पुँजी २१ अर्ब १८ करोड पुग्नेछ ।

Post a Comment

Previous Post Next Post