राधी विद्युतले घोषणा गर्यो बोनस


राधी विद्युत कम्पनीले ३६.५०% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कर बाहेक ३६.५०% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । बोनसमा लाग्ने कर भने सेयरधनी आफैले तिर्नुपर्ने भएको छ । प्रस्तावित बोनस सेयर आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।
 
राधीले हाल कायम ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयर वितरण भएमा चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ पुग्नेछ । अघिल्लो वर्ष भने राधीले ५% बोनस सेयर र ५% नगद लाभांश मात्र दिएको थियो ।


Post a Comment

Previous Post Next Post