सानिमा बैंकले घोषणा गर्यो बोनस सेयर

 


सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १०.९८% लाभांश दिने घोषणा गरेको छ । बैंकको शुक्रबार (कात्तिक ४ गतें) बसेको सञ्चालक समिति बैठकले १०% बोनस सेयर र कर तिर्न ०.९८% नगद गरी कुल १०.९८% लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र सानिमाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । बैंकले हाल कायम ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३२६ रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो ।

Post a Comment

Previous Post Next Post