ग्लोबल आइएमई बैंकले १३.६ प्रतिशत लाभांश दिने

 

ग्लोबल आइएमई बैंकले १३.६% लाभांश दिने भएको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति भएपश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८–७९ को वितरणयोग्य मुनाफाबाट १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३ प्रतिशत र करसहित नगद लाभांश १०.६ प्रतिशत रहेको छ ।
यस आधारमा बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैँयाको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभाशं सेयरधनीहरुलाई वितरण हुनेछ । 
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८–७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ३ प्रतिशत बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । हाल ग्लोबल आइएमई बैंक अफ काठमान्डूसँग मर्ज प्रक्रियामा रहेको छ । 


Post a Comment

Previous Post Next Post